Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालासँग संयुक्त राष्ट्रसङ्घका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उपमहासचिव वु हङ्वो र युरोपेली आयोगका मानवीय सहयोग तथा विपद् व्यवस्थापन आयुक्त क्रिष्टोस स्टेन्डियालेसले आज प्रधानमन्त्री निवासमा संयुक्त रुपमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रसङ्घका उपमहासचिव वुले नेपालमा हालैको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले भोग्नुपरेको दुःखमा संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुन र सिङ्गो राष्ट्रसङ्घ परिवार साथ रहेको बताउनुभयो । उहाँले आफू र राष्ट्रसङ्घका तर्फबाट प्रधानमन्त्री कोइराला र उहाँ मार्फत नेपाल सरकार तथा नेपाली जनतामा हार्दिक समवेदना पठाउनु भएको बताउनुभयो । वार्तामा उपमहासचिव वु ले विश्व शान्ति, सहयोग र विकासको लागि स्थापित राष्ट्रसङ्घले प्राकृतिक विपद्मा अन्तर्राष्ट्रिय सहयोगको समन्वय पनि गर्दै आएको बताउनुभयो । उहाँले विपद्को समयमा सहयोग गर्ने संघसंस्थाहरुलाई बिना झन्झट उनीहरुले ल्याएको उद्धार तथा राहत सामग्री जतिसक्दो छिटो पीडितसमक्ष पुग्ने व्यवस्था मिलाउन आवश्यक भएको बताउनुभयो । भेटमा युरोपेली आयुक्तले युरोपेली सङ्घ र युरोपेली आयोगका तर्फबाट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कोइराला र उहाँमार्फत नेपाल सरकार, नेपाली जनता र भूकम्पमा परी जीवन गुमाएकाहरू परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपालले भयानक विपत्तिको कल्पना नगरेको बताउदै त्यसबाट पीडित नेपालीको उद्धार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा नेपाललाई सहयोगी मित्र राष्ट्र, राष्ट्रसङ्घका र युरोपेली आयोगसहितका बहुर्राष्ट्रिय सङ्घ संस्था सबैको उदार सहयोगको आवश्यकता परेको बताउनुभयो । प्रधानमन्त्रीले पीडितहरूको लागि तत्काल ओत लाग्ने पाल, खाद्यान्न,औषधि,खानेपानी छान्ने र स्वच्छ बनाउने ‘फिल्टर’ र बस्ने ‘म्याट्रेस’को अति आवश्यकता भएको जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले दुःखको घडीमा राष्ट्रसङ्घ र युरोपेली सङ्घले नेपाललाई उद्धारकर्मी, उद्धार सामग्री र राहत सामग्री दिएर ठूलो गुन लगाएको बताउनुभयो । उहाँले नेपालको आर्थिक–सामाजिक विकासमा दुवै संस्थाहरुले गरेको निरन्तर सहयोग हालको भूकम्पबाट पीडितहरुको उद्धार राहत,पुनःस्थापना र पुनःनिर्माण सम्मका लागि लिएको तत्परताका लागि आभार प्रकट गर्नुभयो । भूकम्प पीडितको उद्धार र राहतका लागि आएको सबै सहयोग सम्बन्धित पीडितहरुसमक्ष पुगोस भन्नेमा सरकार सचेत रहेको अवगत गराउँदै उहाँले सरकारी निकायसँग समन्वय गरेर राहत सामग्री वितरणमा कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया