Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

चरिकोट- भूकम्पपछि दोलखाको लामाबगर क्षेत्रमा साढे तीन सयभन्दा बढी यार्सागुम्बा सङ्कलक अझै सम्पर्क बाहिर रहेका छन् ।

सो क्षेत्रमा अलपत्र परेका चार सय ६३ यार्सागुम्बा सङ्कलकको हेलिकप्टरमा उद्धार गरिएको छ । शुक्रबार चार सय ४४ तथा आज १९ जना सङ्कलकको उद्धार गरिएको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सुरक्षार्थ खटिएको शसस्त्र प्रहरी वेस क्याम्पका प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लामाबगर क्षेत्रमा भूकम्प जानु अघि तीन हजार पाँच सय भन्दा बढी मानिस यार्सागुम्बा सङ्कलन गर्न गएका छन् ।

“साढे तीन हजार भन्दा बढी मानिस सङ्कलन गर्न गएको तथ्याङ्क हामीले लिएका थियौँ,” उहाँले भन्नुभयो । कतिपय सङ्कलक हिँडेरै घर फर्किसकेको जानकारीमा आएको पनि उहाँले बताउनुभयो ।

यसैगरी सिमिगाउँमा चार जना विदेशी पर्यटक अलपत्र परेका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार लामाबगरस्थित तामाकोसी नदी किनारमा रहेका पाँच जनाको शव उठाउन सकिएको छैन । रासस

तपाईको प्रतिक्रिया