Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपालका भूकम्प पिडितहरुका लागि सामाजिक सञ्जाल फेसबुकले पनि ‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाई आर्थिक संकलन अभियान थालेको छ ।

earthquakeफेसबुकका संथापक मार्क जुकरबर्गका अनुसार अभियान थालेको दुई दिनमै एक करोड अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ संकलन भएको छ । यसअघि उनले अभियानबाट संकलित रकमसहित स्वंयम आफैले नेपालका भूकम्प पीडितहरुका लागि २० करोड रुपैंया सहयोग गर्ने घोषणा गरेका थिए ।

मार्कले संकलित रकमबारे आफ्नो फेसबुकमा जानकरी दिँदै भनेक छन्- ‘विनाशकारी भूकम्पका कारण दुःखमा परेका नेपालीहरुको सहयोगार्थ हामी एकजुट भएर आर्थिक संकलन अभियान चलायौं, यो निकै उत्साहप्रद छ ।’

उनले आफ्नो अभियानलार्य सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग कार्यलाई जारी राख्न आग्रह समेत गरेका छन् । मार्कले संकलित रकम इन्टरनेशनल मेडिकल कर्पमार्फत गैरनाफामुलक संस्थालाई उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै फेसबुकले नै सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाखभन्दा बढी मानिसहरु सुरक्षित रहेको देखाएको छ । भूकम्प गएपछि फेसबुक प्रयोगकर्ता सुरक्षित रहेको जानकारी गराउने ‘सेफ्टी चेक’ सञ्चालनमा ल्याएको थियो । ***

तपाईको प्रतिक्रिया