Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

तेह्रथुम – तेह्रथुम जिल्लाका क्यान्सर रोगले पीडित एक युबालाई उपचारका लागि जुटाएको रकम लुटेराले लुटेपछि बिचल्लीमा परेका छन ।

म्याङलुङ नगरपालिका ६ नागदहका कबिराज हेन्जाङलाई गत चैत्र २३ गते लिम्बुवानको बन्दको बेला दमकबाट हिँडेर आँउदै गर्दा रतुवा खोलामा १० ,११ जनाको समुह रहेको लुटेराले कबिराजले आफ्नो उपचारको लागि घरमा रहेको भैसी र बाख्रा बेचेको र बिभिन्न संघ संस्थाबाट संकलन गरेको १ लाख ६५ हजार नगद र साथीहरु सँग रहेको ३ वटा मोबाईल लुटेराहरुले लुटेपछि अहिले बिचल्लीमा परेका हुन ।

उहाँ भन्नु हुन्छ – म सँगै मेरा दुई जना साथीहरु सँग बाटोमा आँउदै गर्दा अचानक ११, १२ जनाको लुटेराको समुह निस्केर मेरा साथीहरुलाई मार पिटे र मलाई पनि मर्नु मन छ भनेर छुरीले हान्न खोजेर र म सँग भएको पैसा पनि लुटेर लगे धन्न मार्न चाहीँ मारेनन्  | ६ महिना अगाडि उनको दाहिने हातमा मुसा निस्केको थियो । त्यहि मुसाले ठुलो रुप लिए पछि क्यान्सर भएको थियो । उनले उपचारका लागि धरानस्थित घोपा क्याम नोबेल अस्पताल र भारतको बालटुक्रा लगायतको अस्पतालमा अपचार गर्दै आएका थिए ।

आँखामा आँशु झार्दै कबिराजले भने – ‘म जीबन देखि हारेर एक पटक मर्न भनि तमोरमा गएँ तर मेरी प्यारी जीबन सँगीनीलाई भुल्न सकिन उनलाई देबीलाई साँची राखेर जीबन भरी माया गर्ने कसम खाएर ल्याएको हुं बिचरी कसैलाई मागेर खान नजानेकी म मरे पछि के गरि खालिन् र मेरो छोराको पनि याद आयो ।’ कबिराजको साथमा उनका एक जना साथी पनि अहिले घर डुलेर सहयोगको हात मागिरहनु भएको छ । यसरी सहयोग मार्दै हिड्दा कति जनाले गाली गलौज सहनुपरयो त कुनै ठाँउमा बास सम्म नदिएको दुखेसो पोखाउनुभयो । उनले भेटे जति सबैलाई जीबन बचाउनका लागि गुहार मागि रहेका छन ।

४२ बर्षिया कबिराजको ४ जनाको परिवार रहेको छ भने छोरीको बिबाह गरी सकेको बताउनुहुन्छ । उहाँ आफ्नो रोगको उपचारका लागि सहयोग गरी जीबनलाई बचाउन आग्रह गर्नुभएको छ । पहिले पनि बिभिन्न संघ संस्थाले सहयोग गरेका थिए तर लुटेराले लुटेर यो हालत बनाएका छन । कबिराजले भने – मेरो उपचारको लागि जम्मा गरेको पैसा लुट्नेको पनि कहिल्यै भलो हुने छैन ।’

तपाईको प्रतिक्रिया