Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो-जापानमा कार्यालयहरूमा वातानुकूलन यन्त्र बन्द गरी ऊर्जा सञ्चयमा सहयोग गर्ने उद्देश्यले ‘‘शीतल व्यवसाय’’ (कुल बिज) अभियान सञ्चालन गर्दै व्यावसायिक व्यक्तिहरूलाई आफ्नो कोट तथा टाइ फुकाल्न आह्वान गरिएको छ ।

टोकियोमा धेरै कामदारले आफूले लगाउने न्यानो कपडा उतारिसकेका छन् भने केही सरकारी कार्यालयमा पनि उनीहरूले ओकिनावा शैलीको टी–सर्ट लगाउन थालेका छन् ।

राजधानीमा तापक्रम २० डिग्री सेल्सियससम्म देखिएको छ । गृष्मको समयमा तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्नेगर्छ ।

जापानमा गृष्मको समयमा २८ डिग्री सेल्सियससम्मको तापक्रममा कोठा चिसो बनाउने प्रणाली सञ्चालन नगर्ने अभियान सञ्चालन भएको ११ वर्ष पुगेको छ ।

यस परम्परालाई गैरजापानी कार्यालयले पनि अवलम्बन गर्न थालेका छन् । बेलायती दूतावासले सामाजिक सञ्जालमा आफ्ना आगन्तुकलाई सामान्य लुगामा आउनसक्ने सन्देश दिएको छ ।
सन् २०११ मा फुकुसिमा पारमाणविक दुर्घटनापछि जापानमा आणविक संयन्त्र बन्द हुँदा ऊर्जा आपूर्ति कम भएको छ । पहिले आणविक संयन्त्रले जापानमा एक चौथाइ ऊर्जा आपूर्ति गर्थे ।

जापानका लुगा उद्योगले पनि गृष्ममा कम लुगा लगाउने अभियानसँग मिल्ने लुगाको डिजाइन तयार गरेका छ । जापानमा ठूलो सङ्ख्याका परम्परागत व्यापारिक र व्यवसायिक समूह सामान्यतया कालो सुटमा देखा पर्ने गर्थे । हाल उनीहरू सामान्य टाँक भएको सर्टमा देखा पर्न थालेका छन् ।

यस अभियानका समयमा टाइ उत्पादन गर्ने कम्पनी भने आफ्नो उत्पादनको माग घट्दा दुःखी देखिएका छन् ।

तपाईको प्रतिक्रिया