Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा स्वदेश र विदेशमा रहेका व्यक्ति र संस्थाले अनलाइन माध्यमबाट बैंकिङ प्रणाली प्रयोग गरी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

गत गनिवार गएको विनासकारी भूकम्पपछि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाका नाममा खोलिएका राहत कोषको रकमसमेत एकत्रितरूपमा उद्धार र राहतमा लगाउने व्यवस्था मिलाइएको कोषद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसका लागि कोषको वेबसाइटबाट आपूmले चाहेको विकल्प छनौट गरी रकम पठाउन सकिने छ ।

नयाँ खोलिएका संस्थाको प्रशासनिक र शिरोभार खर्च कम होस् भन्ने अभिप्रायले सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले यही वैशाख १६ गते राहत कोषका नाममा जम्मा भएको रकम सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जाने व्यवस्था गरिएको पनि कोषले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष प्राकृतिक प्रकोपमा परेका व्यक्तिको खोज, उद्धार र राहतका लागि स्थापना गरिएको विशुद्ध उद्धार कोष हो ।

सो कोषको सञ्चालनका लागि केन्द्रीयस्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा आठ सदस्यीय सञ्चालक समिति रहेको छ । सो समितिको सर्वसम्मत निर्णयबाट आवश्यक राहत रकम प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार कोषमा पठाइन्छ ।

तपाईको प्रतिक्रिया