Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- शनिबारदेखि आएको विनाशकारी भूकम्पका कारण सर्वसाधारणलाई घरमा बस्न मानसिक रुपमा त्रास अझ छँदै छ ।

कतिपय सामान्य चर्किएको र जमिन सामान्य रुपमा चर्किएको घरमा पनि पुनः भूकम्प आएमा बस्न डर हुने भन्दै मानिस घर बाहिर वा अन्य कुनै घरमा आश्रय लिएर बसिरहेका छन् । “पटक पटक भूकम्प आउँदा अलिअलि चर्र्किएको घर पनि भत्किन सक्ने डरले घरमा बस्न सकेका छैनौँ, छिमेकीको पक्का घरमा आश्रय लिएका छौँ” काभ्रेपलाञ्चोक घर भई हाल बानेश्वरमा डेरा गरी बस्ने नीरा चौलगाईंले भन्नुभयो । उहाँले आफू बस्ने घर सामान्य चर्किएको देखिए पनि आफूलाई सुरक्षित महसुस नभएकाले छिमेकीकहाँ बस्दै आएको बताउनुभयो ।

नीराजस्तै सामान्य चर्किएको घरमा बस्न डर लागेर सर्लाही घर भई हाल अनामनगर डेरा गरी बस्ने राजन थापा नजिकैको साथीको घरमा बसिरहेको बताउनुहुन्छ । नीरा र राजन आफ्नो घरमा बस्न डर लागेर आफन्त, छिमेकीमा बस्दै आउनुभएका प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरुजस्ता धेरै सर्वसाधारणलाई अहिले सामान्य चिरा परेको घरमा पनि बस्न डर लागेको छ ।

इन्जिनियर कृष्णसिंह बस्नेतका अनुसार अलिअलि चिरा परेको सामान्य घरमा बस्न सकिने बताउनुहुन्छ । “कतिपय घरमा बाहिरपट्टि सामान्य चर्किएको हुन्छ, त्यहाँ बस्न सकिन्छ, ठुल्ठुला पिलर ढलेको, जताततै चिराचिरा भएको घरमा मात्र बस्न सकिँदैन”–उहाँले थप्नुभयो । घर ढल्किएको र जताततै धेरै क्षति भएको अवस्थामा घरमा बस्नु उचित नहुने तथा सामान्य क्षति भएको घरमा बस्दा फरक नपर्ने इन्जिनियर बस्नेतको भनाइ छ ।

नेपाल इन्जिनियर एसोसिएसनका महासचिव किशोरकुमार झा बस्न हुने र नहुने घरका बारेमा स्थलगत निरीक्षण गरेर मात्र थाहा हुने भए पनि सामान्य चिरा परेको घरमा बस्न सकिने बताउनुहुन्छ । “विनाशकारी भूकम्प आएको र ससाना भूकम्प आइरहेको हुनाले घरमा बस्न मानसिक रुपमा त्रास भएको हो, तर अब डराउनुपर्ने अवस्था छैन, सामान्य क्षति भएको घरमा बस्न सकिन्छ”– उहाँले भन्नुभयो ।

उहाँका अनुसार भवन निर्माण गर्दा इन्जिनियरले अध्ययन गरेर बनाएको घरमा धेरै क्षति नभएको र ठुल्ठुला अस्पताल, स्कुल, कलेज, अपार्टमेन्टसमेत सुरक्षित छन् । कतिपय स्थानमा जमिनको सतह कमजोर भएका कारणले गर्दा पनि पक्की भवनसमेत ढलेको र भत्किएको महासचिव झाको भनाइ छ ।

एसोसिएसनले भूकम्पपछि क्षतिग्रस्त भवनको भौतिक अवस्था यकिन गरी मानव बसोबासका लागि सुरक्षित भए/नभएको जानकारी दिन निःशुल्क प्राविधिक परामर्श सेवा उपलब्ध गराएको छ । एसोसिएसनले घरको स्थलगत निरीक्षणका लागि बिहीबार ४५० जनालाई अभिमुखीकरण तालिम दिएको छ भने आज पनि अभिमुखीकरण निरन्तरता दिएको छ ।

तालिमप्राप्त व्यक्तिलाई पहिलो चरणमा बढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गराइने र पछि क्रमशः बाहिर जिल्लामा समेत भवन अवलोकन गर्न जाने उहाँले बताउनुभयो ।

एसोसिएसनले भवन विभाग, खानी विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाललगायतसँग परामर्श र सहकार्य गरी तत्काल भवन अवलोकन गरेर बस्न मिल्ने घरमा मानिसलाई निर्धक्क बस्न वातावरण मिलाउने उद्देश्य लिएको छ । एसोसिएसनको प्रारम्भिक तथ्याङ्कअनुसार भूकम्प प्रभावित २९ जिल्लामा डेढ लाखभन्दा बढी भवन भत्किएका छन् । रासस

तपाईको प्रतिक्रिया