Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- आज बिहान १२ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प र २ बजेर ५६ मिनेट जाँदा काठमाडौँ केन्द्र भएर गरी दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ११४ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बिहीबार चार रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएको थियो ।

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । चार दिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गए पनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया