Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- गोङ्गबु बसपार्कस्थित जनसेवा गेस्ट हाउसबाट १२८ घन्टापछि २४ वर्षीया कृष्णकुमारी खड्काको जीवित उद्धार गरिएको छ ।

नेपाल प्रहरी, इजरायली, नर्वेलीलगायतका टोलीले बिहीबार राति ११ बजे ९ घन्टा निरन्तर उद्धारको प्रयासबाट खड्काको जीवित उद्धार गर्न सफल भएको हो ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार बर्दिया जयनगर–६ निवासी खड्का शनिबारको विनाशकारी भूकम्पमा गेस्ट हाउसको भुइँतल्लामा पुरिएको थियो । विदेशी उद्धारकर्मीले उच्च प्रविधिको सहयोगमा सो स्थानमा दुईजना जीवित रहेको पत्ता लगाएपछि उद्धारको निरन्तर प्रयासबाट जीवित उद्धार गर्न सफल भएको हो ।

“गेस्ट हाउसभित्र ‘अइया–अइया’ भनेर कराइरहेको आवाज आएको थाहा पाउने बित्तिकै नेपाल प्रहरीका साथै उद्धारका लागि अन्य विदेशी तीन देशको सहयोगमा जीवित उद्धार सम्भव भयो”–उहाँले भन्नुभयो ।

जीवित उद्धार गरिएकी खड्कालाई भत्किएको संरचनाभित्र शवले च्यापिएकाले मानसिक रुपमा त्रास बढेको छ । अहिले उहाँको नेपाल आर्मीको अस्पताल छाउनीमा उपचार गरिरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया