Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- नेपाल टेलिकमले शुक्रबार बिहान १२ बजेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल नि:शुल्क सुविधा हटाएको छ ।

टेलिकमका सबै सेवा निःशुल्क रहेको भन्दै फोनको मात्रा बढेको र प्रकोप पीडितको सहयोगमा भन्दा अन्य हिसाबले फोन सेवासमेत बढेको भन्दै गुनासो बढेपछि सो खालको व्यवस्था गरेको हो ।

टेलिकमले यही वैशाख १२ गतेदेखि बिहीबार मध्यरातसम्म मात्रै सेवा निःशुल्क रहेको जानकारी दिएको छ ।

मध्यरात पछि भने टेलिकमको जुनसुकै सेवा प्रयोग गर्दा पनि नियमानुसार शुल्क लाग्नेछ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले कम्पनीले आफ्ना सेवा नियमित गर्न आवश्यक स्रोत साधनको अधिकतम परिचालन गरी कार्य गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया