Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- सरकारले भूकम्पमा परी मृत्यु हुने प्रत्येक परिवारलाई रु एक लाख राहत र किरिया खर्च रु ४० हजार दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सोही बमोजिमको रकम जाजरकोटमा स्वाइन फ्लूबाट मृत्युहुनेका परिवारलाई उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

भूकम्पमा परी घरबार विहीन भएका प्रत्येक परिवारलाई सरकारले तत्कालीन रुपमा अस्थाई आश्रयस्थलको बन्दोवस्त गर्ने काम तत्काल युद्धस्तरमा प्रारम्भ गरी सम्पन्न गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

बैठकले भूकम्पग्रस्त जिल्लाका प्रत्येक परिवारलाई अस्थायी आश्रयका लागि त्रिपाल, टेन्ट, प्लास्टिक सिट वा अन्य स्थानीय निर्माण सामग्री तत्काल उपलब्ध गराउने तथा गाउँ जिल्लाको पुरानो घरमा फर्कन नसक्ने परिवारलाई गाउँ वा जिल्लामा सुरक्षित स्थानमा सरकारले शिविर स्थापना गरी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया