Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाण्डाै- साउदी अरबका राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितहरूका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने भएका छन् । अरब न्यूजका अनुसार उनले अाफ्नो परोपकारी संस्था ‘अलविद विन तलाल फाउन्डेसन’ मार्फत नेपालका भूकम्प पीडितहरूका लागि सहयोग गर्ने भएका हुन् । उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वर्ल्ड फुड प्रोग्राम मार्फत नेपालका भूकम्प पीडितका लागि खर्न गर्ने गरी सहयोग पठाउन लागेका हुन् । दुइ वर्ष अगाडि मात्रै नेपाल भ्रमणमा अाउँदा नेपाल सरकारले मुलुकको सर्वोच्च मान पदवीले उनलाई सम्मान गरेको थियो । उनी अाफ्नो नीजि भ्रमणमा दुई वर्ष अघि नेपाल अाएका थिए ।***

तपाईको प्रतिक्रिया