Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टीमले बैशाख १७ गते काठमाडौंको गंगबुस्थित भूकम्पले भत्किएको सात तले घरको भग्नावशेषबाट करीव १५ वषिर्य एक पुरुष व्यक्तिलाई जिवितै उद्धार गरेको छ । पेम्वा लामा नाम बताइएका ती व्यक्तिको हाल घर ठेगाना थाहा हुन सकेको छैन ।
उद्धार लगत्तै निजलाई उपचारको लागि अस्पताल पुर्‍याइएको छ ।
सशस्त्र प्रहरी बलले खोजी एवं उद्धार गर्ने क्रममा सर्च एण्ड रेस्क्यु सम्बन्धी तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ । सो कुकुरले त्यसठाउँमा जिवितै व्यक्ति रहेको जानकारी दिएपछि खोजी कार्यमा खटिएको एपीएफ टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित विपद उद्धार डेस्कमा सोबारे जानकारी गराएको थियो । सो लगत्तै उक्त उद्धार डेस्कले तत्काल सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टीम त्यसठाउँमा पठाएको थियो । यो टोली सशस्त्र प्रहरी बलको खोजी तथा उद्धार सम्बन्धी ‘एक्सपर्ट टीम’ हो ।
भूकम्पले भत्किएको उक्त सात तले भवनलाई पहिला नै स्काभेटरले पन्छाई सकेको ठाउँमा खोजी कार्य गर्दै सशस्त्र प्रहरी बलको प्रशिक्षित कुकुर लगिएको थियो ।
त्यसठाउँमा घरको तीनवटा तलाको बीमले भित्र छिर्ने बाटो बन्द रहेको थियो । त्यहाँ पुगेपछि सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टीमले भित्र छिर्नको लागि सवैभन्दा पहिला सानो प्वाल बनायो । एपीएफ टोलीले त्यो प्वालबाट बाटो बनाउँदै अगाडिका अवरोध हटाउँदै अगाडि बढ्दा भेटिएका फलाम काट्दै अगाडि बढ्यो ।
यो टोलीले भित्र भग्नावशेषमा थिचिएर रहेको मोटरसाइकल फेला पार्‍यो । त्यो मोटरसाइकल वाहिरबाट अलिकति देखिने गरी भग्नावशेषले थिचिएर रहेको अवस्थामा थियो । एपीएफ टोलीले उक्त मोटरसाइकललाई समेत काटेर भित्र घाइते भएतिर पस्यो ।
सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोली भग्नावशेषले ती व्यक्ति पुरिएरको ठाउँतर्फ जाँदै गर्दा किचिएर गुजुल्टो परेर बसेको सटरले अवरोध सिर्जना गरेपछि एपीएफ टोलीले सुरुमा उक्त गुजुल्टो परेको सटरमा सानो प्वाल बनायो, त्यसपछि उक्त प्वालमा जग राखेर प्वाल फट्याउने काम गरियो । प्वाल फट्याएपछि त्यसठाउँमा पुरिएर रहेका ती व्यक्ति प्रष्ट देखिने अवस्था बन्यो ।
त्यसपछि सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले ती घाइतेलाई उद्धार गर्ने क्रममा धुलो फोहोर परेर अवरोध हुन सक्ने महसुस गरी ‘सक्सन’ को प्रयोग गरी भित्रका सवै धुलोहरु बाहिर फालियो ।
यो रेस्क्यु टीमले कठोर परिश्रमका साथ एक जना व्यक्ति छिर्न सक्ने र भग्नावशेषमा पुरिएर रहेका घाइतेसम्म पुग्न सक्ने बाटो बनायो । त्यसपछि एकजना सशस्त्र प्रहरी कर्मचारी सो प्वालबाट हात, टाउको, कम्बर पसाउँदै भित्र छिरेभने उनको दुवै गोडा बाहिरबाट अरु सशस्त्र प्रहरी कर्मचारीले समातेर उनलाई सपोर्ट गरिरहेका थिएभने उनी विस्तारै सवस्तारै हातको सहाराले अगाडि बढिरहेका थिए । बाहिर गोडा समातेर उनलाई अड्याइरहेका सशस्त्र प्रहरी कर्मचारीले भने उनलाई विस्तारै विस्तारै उक्त प्वालतर्फ धकेलिरहेका थिए ।
एवंरितले अगाडि बढ्दै जब ती सशस्त्र प्रहरीले ती घाइतेको कपला भेटाए तव उनले आफुलाई माथी तान्न प्वाल बाहिर रहेका सर्च एण्ड रेस्क्यु सम्बन्धी एक्सपर्ट टीमलाई अह्राए । एक्सपर्ट टीमले ती सशस्त्र प्रहरीको गोडा समातेर बाहिरतिर ताने, सर्च एण्ड रेस्क्यु टीमकै ती सशस्त्र प्रहरीले घाइतेको कपाल र कुममा राम्ररी समातेर उनलाई समेत आफैसंग ताने । उनिसंगै भग्नावशेषमा पुरिएका निज पेम्वा लामा यस क्रमले भग्नावशेषबाट बाहिर आए ।
यस क्रमले पुरै ढलान र विमलाई चिर्दै सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले भग्नावशेषको करीव सात फिटमुनिबाट ती व्यक्तिलाई जिवितै उद्धार गर्न सफल भयो । यतिन्जेलमा एम्बुलेन्स सहितको चिकित्सक टोलीको व्यवस्था भइसकेको थियो । घाइते लामालाई सोही एम्वुलेन्समा राखेर अस्पतालतर्फ पुर्‍याइयो ।
सशस्त्र प्रहरी बलको उक्त ‘एक्सपर्ट’ टीम तथा अन्य एपीएफ टोलीहरुले देशभरमा गरी आजसम्म कुल ३ सय तीस जनालाई जिवितै उद्धार गरेको छ । यो मध्ये काठमाडौं उपत्यकामा मात्रै २ साय पैतीस जनालाई जिवितै उद्धार गरिएको छ । यसैगरी एपीएफ टोलीले अन्य विभिन्न निकायसंग मिलेर ४ सय बयालीस जनालाई जिवित उद्धार गरी एपीएफ टोल्ाीको सक्रियतामा हालसम्म कुल ८ सय बहत्तर जनाको जिवितै उद्धार गरिएको छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
तपाईको प्रतिक्रिया