Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।

भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।

ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया