Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो-वेलायतका प्रधानमन्त्री डेभिड क्यामरूनद्वारा नेपाललाई अापतकालीन सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री क्यामरूनले अाफ्नो टुईटरमा टुईट गर्दै वेलायतले नेपाललाई सकेको जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताएका हुन् । उनले विनासकारी भूकम्पले नेपालले भोग्नु परेको क्षति र पीडाप्रति पनि दुःख व्यक्त गरेका छन् ।
यसैगरी भूकम्प पीडितहरूलाई उद्धार गर्न विभिन्न मुलुकहरुले आफ्नो सहयोग तथा सहायता नेपाल पठाउन थालेका छन् । भारतीय वायुसेनाको उद्धार टोली नेपाल अाईसकेको छ भने चीनको उद्धार तथा खाेजीका लागी ६२ सदस्य तथा ६ वटा कुकुर सहितको टोली अाइतवार अाउने बताइएको छ । पाकिस्तानको उद्धार टोली सहित दैनिक उपभोग्य वस्तु लगायत अस्पतालका लागि चाहिने उपकरणहरू पनि अाइतवार नै नेपाल अाउने बताइएको छ । त्यसैगरी अमेरिकाले १० करोड सहयोग समेत प्राकृतिक प्रकोप उद्धार टोली पठाउँदैछ । नर्वेले ४० करोड सहयोग गर्ने घोषणा गरेको छ ।
त्यसैगरी डाक्डर विथ आउट बोर्डरले पनि नेपालका लागि ३ हजार किट लगायत मेडिकल सप्लाइ पठाउँदै छ ।
च्यारीटी अेमरीकयर्सले पनि खाना, कपडा, औषधि उपचार सामाग्री लगायत अन्य दैनिक उपभोग्य वस्तुहरू लैजानका लागि पहल गरिरहेको छ भने गुगलले पनि १० लाख डलरको सहयोग नेपाललाई दिने बताइसकेको छ। क्यालीफोर्निया तथा भर्जिनियावाट उद्धारटोली पनि नेपालका लागि जाँदैछन् ।***

तपाईको प्रतिक्रिया