काठमाडौं– धर्म निरपेक्षताको विषयमा चर्चा चलिरहेका बेला सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा धर्म निरपेक्षता नलेखिने स्पष्ट पार्नुभयो । शनिबार बिहान भारतीय योग गुरु रामदेवको योग शिविरमा सहभागी हुन टुँडीखेल पुगेका ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले नेपाललाई धर्म निरपेक्ष बनाएर गल्ति गरेको भन्दै यो भूलबस भएको बताउनुभयो । अब आउने नयाँ संविधानमा यस्तो भूल नहुने उहाँले प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘धर्म निर्पेक्षता हुँदैन । सबैको धर्म प्राकृतिक हुन्छ । धर्म मान्न पाउने सबैलाई अधिकार छ ।’ अब बन्ने संविधानसमा हामी यी सबै कुराको व्यवस्था गर्छौ ।’