Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टि–२० राष्ट्रिय टोली बनाउने भएको छ । केही साताअघि सकिएको एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा क्यानले ५० खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागेको छ ।

नेपालले आगामी जुन १० र १२ मा एकदिवसीय स्वरूपको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल खेल्दै छ । त्यसैगरी जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा टि–२० विश्वकप छनोट प्रतियोगिता खेल्दैछ ।

यी दुवै प्रतियोगिताका लागि एकदिवसीय र टि–२० दुवै राष्ट्रिय प्रतियोगिता गरी ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्ने कार्यक्रम थियो । नेपाल प्रिमियर लिग र टि–२० खेल तत्काल सम्भव नभएको भन्दै क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागेको क्यानले जनाएको छ ।

क्यानका अनुसार ५० खेलाडीलाई छनोट गरी उनीहरूबाट चार वटा टिम बनाइनेछ र उनीहरूबीच एकदिवसीय र टिट्वेन्टी खेल खेलाइनेछ ।

क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले स्कटल्यान्डमा डिभिजन च्याम्पियनसिप खेल खेलेर आएपछि टि–२० राष्ट्रिय प्रतियोगिता हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया