Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

एथेन्स- ग्रिसको सबैभन्दा ठूला बैङ्कमध्ये एकले सङ्कटग्रस्त आफ्ना ग्राहकमा परेको आर्थिक भार कम गर्न २० हजार युरो अर्थात २१ हजार ६०० अमेरिकी डलरभन्दा कम रकम ऋण तिर्न बाकी ऋणीको ऋण एकपटकका लागि माफी दिने भएको छ ।

बैङ्क अफ पिरसले आफ्ना सबैभन्दा गरिब ग्राहकले भोगेको मानवीय सङ्कटप्रति समवेदना देखाउँदै ऋण पुनसंरचना गर्ने निर्णय गरेको जानकारी एक विज्ञप्तिमा दिएको छ ।

क्रेडिट कार्ड तथा उपभोक्ता ऋणमार्फत लिइएको २० हजार युरोसम्मको ऋण यस बैङकले पूर्णतया माफी गर्ने बताइएको छ । सोही बमोजिम धितो राखि लिइएको ऋण उठाउने काम बन्द गरिनेछ भने उक्त ऋणका लागि लिइने ब्याज माफ गरिनेछ ।

ग्रिसमा कट्टरपन्थी सिरिजा सरकार जनवरी महिनामा शासन आएपछि अनेकौँ बैङ्कका प्रमुखले राजिनामा दिएका छन् भने यसका लागि पिरस बैङ्क अपवाद बनेको छ ।

बैङ्कले यस प्रकारको सुविधा प्राप्त गर्न ग्राहकले नयाँ सरकारले उपलब्ध गराएको फाइदा पाउने समूहमा आफूलाई दर्ता गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

सिरिजा सरकारले नयाँ सामाजिक सुरक्षा सञ्जाल कानुन गत साता संसदमा अगाडि बढाएको छ । यसै आधारमा यो दल शासनमा पुगेको हो । युरोपेली युनियनले भने यो कानुन पारित नगर्न दबाब दिएको छ ।

यस कानुनमा आवास सुविधा तथा खाद्यसामग्री खरिदमा अनुदानको व्यवस्था गरिएको छ । युरोपेली युनियन तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले लागु गरेको मितव्ययीपनाको उपायबाट गरिबीमा परेका व्यक्तिलाई यो सुविधा दिइने बताइएको छ ।

ग्रिसका बैङ्कहरू हाल तरलताको खोजीमा छन् । यहाँका खातावालाहरूले डिसेम्बरदेखि फेब्रुअरीसम्म २५ अर्ब युरो निकालेका छन् । उनीहरूले प्रधानमन्त्री अलेक्सिज सिप्रासको शासनमा ग्रिसको आर्थिक अवस्था कमजोर हुने आशङ्का गरेका छन् ।

ग्रिसका बैङ्कहरू वित्तका लागि युरोपेली केन्द्रीय बैङकमा भर पर्छन् । यसो भए पनि यस बैङ्कले ग्रिस सरकारले जारी गरेको सार्वभौम जमानतपत्रलाई धितोको रूपमा स्वीकार गरेको छैन ।

दुई सय ४० अर्ब युरो बराबर दुईपटक ऋण प्राप्त गरे पनि छ वर्षसम्म मन्दीमा पर्दा ग्रिसको अर्थतन्त्रको २० प्रतिशत भाग गुमेको छ । धेरै जनताले नोकरी गुमाएका छन् भने धेरैले आफ्नो तलव घटेको देखेका छन् ।

ग्रिस सरकार हाल युरोपेली युनियन तथा आईएफएफसँग उसले अगाडि बढाउनुपर्ने सुधारका लागि तनावपूर्ण वार्तामा रहेको छ । उनीहरूले ग्रिसले आफ्नो सर्त मानेमा बाँकी रहेको ७.२ अर्ब युरो बराबरको ऋण फुकुवा गर्ने बताएका छन् । रासस/एएफपी

तपाईको प्रतिक्रिया