Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जाजरकोट- रोग प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न जाजरकोट आइपुगेका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले गाउँ नजाने कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाही चलाउन निर्देशन दिएपछि गाउँमा दरबन्दी भएर सदरमुकाम बस्दै आएका सरकारी कर्मचारीहरु रातारात गाउँ गएका छन् ।

बिहीबार अबेरसम्म जिल्लास्थित सरोकारवालासँग महामारी नियन्त्रणका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मुख्य सचिव पौडेलले यतिबेला गाउँ नबस्ने गाविस सचिव, स्वास्थ्यकर्मी, अन्य कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर त्यसको जानकारी गराउन जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि जिल्ला सदरमुकाममा लामो समयदेखि बस्दै गाविस सचिव, जिल्ला पशुसेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षालगायत कार्यालयका कर्मचारी बिहीबार राति नै गाउँतिर हिँडेको प्रत्यक्षदर्शी खलङ्गा–३ का बालकुमार शर्माले बताउनुभयो ।

यतिबेला काजमा बसेका र बिदामा बसेका स्वास्थ्यकर्मी समेत फर्किएका छन् । नफर्किएको पाइएमा तत्काल कारबाही हुने मुख्य सचिव पौडेलले बताउनुभएको छ ।

मुख्य सचिवले यतिबेला फिल्डबाट भाग्ने र फिल्ड नजाने गैरसरकारी संस्थाको नवीकरण नै नगर्न निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया