Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – चलचित्र ‘नाई नभन्नु ल ३’, ‘हवल्दार सुन्तली’ले वर्ष २०७१ को सुखद अन्त्य गराएसँगै नेपाली चलचित्रका निर्माताहरुको मुहारमा उज्यालो देखिएकै बेला वर्ष २०७२ को पनि ओपनिङ राम्रो हुने देखिएको छ । यस वर्षको ओपनिङमा बहुप्रतिक्षित चलचित्र ‘रेशम फिलिली’ र ‘झोला’ प्रदर्शन भएका छन् ।

Vinay-Shrestha-Menuka-Pradhan-Resham-Fililiदुवै चलचित्रको सिनेमा घरमा प्रदर्शन हुनअघि नै राजधानीमा भव्य प्रिमियर गरिएको थियो । प्रणव जोशी निर्देशित चलचित्र ‘रेशम फिलिली’ शिक्षाका लागि भन्दापनि मनोरञ्जनका लागि कमेडी कथावस्तुमा निर्माण भएको छ ।

संवादका कारण कमेडी रुचाउने दर्शकहरुका लागि चलचित्र उत्कृष्ट खुराक हुनेछ । संवाद र गीतसंगीतबाटै चलचित्र चल्नेमा धेरैले अनुमान गरेका छन् । चलचिलको ‘पारी त्यो डाँडा माथि’ बोलको गीत यूट्युबमा भाइरल बनिरहेको छ ।

भीमोसन पिक्चर्स र प्रिन्सेस मुभिजको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रलाई बिनय श्रेष्ठसँग मिलेर माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रमा बिनय श्रेष्ठ, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

garima-panta-in-jholaत्यस्तै साहित्यकार कृष्ण धारावासीको कथामा आधारित रहेको चलचित्र ‘झोला’लाई निर्माण युनिटले आजदेखि राजधानीका हलहरुमा पुनः प्रदर्शन गरिएको छ । चलचित्रलाई दर्शकको माग अनुसार पुनः प्रदर्शन गर्नु परेको निर्माण युनिटले जनाएको छ ।

१ सय वर्ष पुरानो नेपाली समाजको सतिप्रथालाई चलचित्रमा निर्देशक यादव कुमार भट्टराईले आकर्षक ढङ्गले प्रस्तुत गरेका छन् । चलचित्रको यसअघि विभिन्न देशविदेश लगायत फेष्टिबलहरुमा च्यारिटी शो गरिसकेको छ ।

चलचित्रमा अभिनेत्री गरिमा पन्तको मुख्य भुमिका रहेको छ । भने यसमा दीपक क्षेत्री, सुजल नेपाल। लक्ष्मी गिरी, देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । अभिनेत्री पन्तले यसअघि नै ‘सार्क फिल्म फेष्टिबल–२०१४’ मा यसै चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको उपाधी पाईसकेकी छिन् ।

उत्तमकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा, सुशिल शाहको संयुक्त लगानी छ । ***

तपाईको प्रतिक्रिया