Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रष्टाचार गरिव जनताबाट नभएर पढेलेखेका र आफूलाई जान्नेमान्ने भन्नेहरुबाट हुने गरेको बताएका छन् ।

‘पढेलेखेका र आफूलाई अरुभन्दाबढि जान्ने ठान्नेहरुले नै मिलाएर भ्रष्टाचार गर्ने गर्छन्’ मन्त्री पण्डितले भने ।

शुक्रबार संवाद डबलीमा बोस्टर मिडियाले संचालन गरेको अनलाइन पत्रिका ‘राष्ट्रि खबर’ को वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन ।

‘मुगुको कुनै एउटा गाउँको जनता र खाँडीमा पुगेका युवाहरुको कारणले नेपाल नबनेको होइन, आफूलाई अरुभन्दा जान्नेमान्ने ठान्नेहरुका कारण नेपालपछि परेको हो’ मन्त्री पण्डितले कार्यक्रममा बोल्दै भने ।

उनले नेपाली भएकोमा गर्व नगर्ने कर्मचारीले नेपाली जनताको सेवा गर्न नसक्ने बताए । मन्त्री पण्डितले अगाडी भने, ‘नेपालभन्दा विदेशी मुलक राम्रो देख्ने कर्मचारीले नेपाली जनताको सेवा गर्न सक्दैनन् ।’

तपाईको प्रतिक्रिया