Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जुम्ला- आज लोकतन्त्र दिवसको दिनबाटै कर्णालीले स्थलमार्गबाट पनि काठमाडौंसँग प्रत्यक्ष सम्बन्ध जोडेको छ ।

स्थलमार्गबाट नै काठमाडौँसँग विधिवत् सम्बन्ध जोड्न शुक्रबार बिहानै आयोजित कार्यक्रममा सो सेवाको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले शुभारम्भ गरे ।

सो अवसरमा उनले बस सेवा सुरु गर्ने कर्णाली यातायात व्यवसायीलाई धन्यवादका साथ सफलताको शुभकामना व्यक्त गरे ।

आज जुम्लाबाट छुटेको बसमा करिब आठजना यात्रु रहेका छन् । करिब ३६ घण्टामा काठमाडौं पुग्ने दुई हजार ८५० भाडा तिरेका छन् । उनीहरूले जुम्लाबाट काठमाडौं पुग्न करिब ८३० किलोमिटरको यात्रा पूरा गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया