Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन इन्डोनेसियाको राजधानी जाकर्ताबाट बाङडुङ पुग्नुभएको छ ।

इन्डोनेसिया सरकारको विशेष विमानद्वारा कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला बाङडुङ पुग्नुभएको हो ।

सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा सम्पन्न पहिलो एसियाली अफ्रिकी देशहरूको सम्मेलनको ६० औँ वार्षिकोत्सव मनाउन एसिया तथा अफ्रिका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधि सम्मेलनस्थल पुग्नेक्रम जारी छ ।

जाकर्तामा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दसौं वार्षिकोत्सव विभिन्न तीन विषयमा घोषणापत्र जारी गर्दै समाप्त भएको थियो ।

तपाईको प्रतिक्रिया