Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसको झन्डा सगरमाथामा फहराइने भएको छ ।

ट्रेड युनियन कांग्रेस पाँचथर युवा समिति संयोजक सुशील शेर्माले सङ्गठनको झन्डा लिएर सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सभासद् तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले पर्वतारोही शेर्मालाई सङ्गठनको झन्डा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नेता थापाले शेर्माको सगरमाथा आरोहण व्यक्तिगत नभई ट्रेड युनियन कांग्रेस तथा सिङ्गो नेपाली कांग्रेस परिवारसँग जोडिएको विषय हो भन्दै पार्टी सङ्गठनको पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया