Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काँकडभिट्टा (झापा)- आज लोकतन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइरहेका बेला दोस्रो जनान्दोलनका योद्धा गोपाल श्रेष्ठ निराश हुनुहुन्छ ।

विसं २०६३ वैशाख ६ गते सदरमुकाम चन्द्रगढीमा निषेधाज्ञा तोड्न निस्केको हजारौँको जुलुसमाथि दमन गर्न तत्कालीन शाही सत्ताले अन्धाधुन्ध गोली बर्साउँदा श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो ।

मेचीगनर–५ खुट्टिडाँगीका श्रेष्ठ गोली लागेर ढले पनि उपचारपछि बाँच्नुभयो । अहिले यी योद्धा अशक्त अवस्थामा हुनुहुन्छ । श्रेष्ठ वैशाखी वा लौराको सहायतामा मात्र हिँडडुल गर्न सक्नुहुन्छ ।

चारै दिशाबाट तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश सत्ता र राजतन्त्रको विरोधमा गगनभेदी नारा घन्काउँदै उर्लिएको भेललाई जिल्ला प्रशासन कार्यालयतिर पस्न नदिन ठूलो सङ्ख्यामा सुरक्षा फौजलाई जिल्ला विकास ढोका अगाडि परिचालन गरिएको थियो । लोकतन्त्र प्राप्तिका लागि लडेका सयौँ आन्दोलनकारी गोली लागेर घाइते भएका थिए । तीमध्ये चारपानेका राजन गिरी र भद्रपुरका सुरज विश्वासले सहादत प्राप्त गरेका थिए ।

दुई दुई पटक संविधानसभाको चुनाव गर्दा पनि नयाँ संविधान निर्माण अधूरै छ । परिवर्तनलाई संस्थागत गर्न बाँकी नै छ । नेताहरूले जनान्दोलनका भावना र सहिदका सपना बिर्सन थालेका हुन् कि भन्ने शङ्का बढेर गएको छ । अहिलेको परिस्थितिसँग जनान्दोलनका योद्धा पनि बेखुस हुनुहुन्छ ।

“नेताले हिजोको आन्दोलन जनताले बिर्से भनेका होलान्”, आफ्नो पुरानो घाउ देखाउँदै श्रेष्ठले रासससँग भन्नुभयो, “जनताले आन्दोलन गरेर आफ्नो कर्तव्य पूरा गरिसके, अब संविधान बनाएर परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी नेताहरूको हो ।”

चिकित्सकले उहाँको खुट्टामा फेरि शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । अर्थ अभावले थप उपचार भएको छैन । उहाँले केवल वर्षमा एक पटक सहिदलाई सम्झेर मात्र लोकतन्त्र प्राप्तिको अनुभूति नहुने बताउनुभयो ।

त्यसबेलाको जनभावना र अहिले नेताको व्यवहार सम्झिँदा जनान्दोलनका अर्का योद्धा तथा तत्कालीन नेपाल पेसागत महासङ्घका जिल्ला अध्यक्ष भीम नेपाल विरक्त लाग्ने बताउनुहुन्छ । परिवर्तनलाई संस्थागत गर्न दलका नेताले स्वार्थ त्याग्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो “अब जनान्दोलन भविष्यमा कहिल्यै नहोला कि जस्तो लागेको छ, संविधान निर्माणमा नेतालाई सचेत गराउने बेला आएको छ ।” रासस

तपाईको प्रतिक्रिया