Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७२ स्वीकृत गरेको छ । यो निर्देशिका स्वीकृतसँगै वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने बाटो खुला भएको छ ।

मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रूपमा पठाउने बाटो खुला भएको हो । यसअघि गएकाहरू समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।

विगतमा व्यक्तिगत तबरबाटमात्र घरेलु कामदार पठाउने गरिएकामा अब व्यक्तिले पठाउन पाउने छैनन् । अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउनेछन् ।
घरेलु कामदार पठाउने म्यानपावरलाई वैदेशिक रोजगार विभागमार्फत छुट्टै सूचीकृत गरिनेछ । हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीले नै तोकिएका मापदण्ड पूरा गरी घरेलु कामदार पठाउन पुनः सूचीकृत हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

गएका एकजनामात्र कामदार समस्यामा परेमा त्यस्ता म्यानपावरलाई कारबाहीको व्यवस्था गरिएको छ । उद्धार गर्न नसक्ने कम्पनी खारेजीमा पर्नेछन् । नियमित रूपमा म्यानपावर कम्पनीको कामकारबाही अनुगमन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

नेपाली कामदार लिने रोजगारदाताले घरेलु कामदारको तलब अनिवार्य रूपमा बैंक खातामा जम्मा गरिदिनुपर्नेछ । यसका लागि नेपाली बैंकको शाखा रहेको ठाउँमा खाता खोलिदिनुपर्नेछ । तलब जम्मा गरेको भौचरको प्रतिलिपि नेपाली नियोगमा पेस गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विगतमा घरेलु कामदारले समयमा तोकिएको तलबसुविधा नपाएको गुनासो आएकाले बैंकिङ प्रणाली अनिवार्य गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

घरेलु कामदारलाई कुटपिट गर्ने, मोटो रकम लिएर अर्को ठाउँमा पठाउने गरिएका गुनासो आउन थालेपछि रोजगारदातालाई जिम्मेवार र जबाफदेही बनाउन मालिक आफैंले कामदार लिएर नेपाली दूतावासमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको हो ।

कुबेत, कतार, साउदी अरब र मलेसियामा यसअघि गएका कामदारलाई चर्को यातना दिइएको, एजेन्टले कामदारको किनबेचसमेत गर्ने गरेका, समयमा तलब नदिने, बिरामी हुँदा औषधि उपचारसमेत नगरिएका कारण घरेलु कामदार पठाउन खुला गर्न नहुने भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया