Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– दश वर्षे सशस्त्र द्वन्द्वमा राज्य तथा तत्कालिन विद्रोहीपक्षबाट पीडित हुनेको संख्या बढेको छ । सरकारले तीन महिनाअघि पूर्वसभासद् नरबहादुर पुनको संयोजकत्वमा गठन गरेको ७ सदस्यीय कार्यदलको प्रतिवेदनले पीडितको संख्या बढेको तथ्यांक देखिएको छ ।

सशस्त्र द्वन्द्वकालमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट पीडितको संख्या ३ हजार ८ सय ४६ ले बढेको छ । द्वन्द्वपीडितको विवरण प्रशोधन तथा राहत प्रदानका लागि सुझाव पेस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा पीडित संख्या पहिलेको लगतभन्दा बढी देखिएको हो ।

कार्यदलले शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि अचार्यलाई बुझाएको प्रतिवेदनमा द्वन्द्वपीडितको संख्या १ लाख ३६ हजार १ सय ५ छ । यसअघिको विवरणमा १ लाख ३२ हजार २ सय ५९ जना पीडित देखिएका थिए ।

प्रतिवेदनअनुसार द्वन्द्वका कारण ज्यान गुमाएकामा १ सय ४४ जना थपिएका छन् । अघिल्लो लगत संकलनमा द्वन्द्वका कारण ज्यान गुमाउनेको संख्या १७ हजार ८ सय ८६ थियो । अहिले १८ हजार ३० देखिएको छ ।

त्यसैगरी, द्वन्द्वका क्रममा राज्य वा माओवादीबाट बेपत्ता पारिएका व्यक्तिको संख्या पनि ८३ ले बढेको छ । बेपत्ता पारिएकाको संख्या १५ सय ३० बाट बढेर १६ सय १३ पुगेको हो । कार्यदलका अनुसार द्वन्द्वका क्रममा विस्थापित संख्या पहिलेको ७९ हजार ५ सय ७१ मा ६ सय ५१ थपिएर ८० हजार २ सय २२ पुगेको छ ।

कार्यदलका प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार द्वन्द्वका क्रममा व्यक्तिगत सम्पत्ति क्षति भएकाको संख्या १७ हजार ९ सय ६९ छ । यसअघिको लगतमा १७ हजार ४ सय ८४ जनाको क्षति देखिएको थियो ।

घाइते, अपांग भएको संख्या पनि १६ सय २९ ले बढेको छ । यसअघिको तथ्यांकमा ८ हजार १ सय ९१ जना घाइते थिए । अहिले ९ हजार ८ सय २० जना घाइते भएको देखिएको छ । द्वन्द्वका क्रममा अपहरणमा परेकाको संख्या ३ हजार ९ सय ३३ जना छ । यसअघिको तथ्यांकमा यो संख्या ३ हजार १ सय ४२ थियो ।

त्यसैगरी द्वन्द्वका कारण आमाबाबु दुवै गुमाएका टुहुरा बालबालिकाको संख्या ६ सय २० जनामा ६९ जना थपिएका छन् । ***

तपाईको प्रतिक्रिया