Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन शुक्रबार मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ ।

विसं २०६२÷६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ ।

नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ ।

यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरुप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ ।

ऐतिहासिक जनआन्दोलन २०६२÷६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्य नेपाली जनताले ज्यानको परवाहा नगरी आन्दोलन सफल बनाए पनि उक्त योगदानको कदर हुन नसकेको दुःखेसो व्यक्त गर्नुहुन्छ ।

जनताको सङ्घर्षले दल तथा नेतालाई राज्य सत्तामा पु¥याए पनि लामो समयसम्म संविधान दिन नसक्नु, योगदान गर्नेहरुलाई बेवास्ता गरिनुले जनआन्दोलनका घाइते तथा सहित परिवारका सदस्यहरुको भावनामा ठेस लागेको उहाँको भनाइ छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलनका क्रममा विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट प्रक्राउ भइ प्रहरी हिरासतमा चरम यातना पाएका विद्यार्थी नेता राजनप्रसाद खतिवडाले जनआन्दोलनका सहिद परिवार, घाइते तथा यातना पीडितको योगदानलाई राज्यले विर्सन नहुने बताउनुभयो ।

जनताको बलिदानबाट नै २०६२÷२०६३ को आन्दोलनले सफलता पाएका कारण उनीहरुको योगदानको उचित कदर हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति सुप्रभा घिमिरेले विश्वविद्यालयको प्राज्ञिक गरिमा कायम गर्न विश्वविद्यालय सम्बद्ध सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया