Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका कर्मचारीलाई निलम्बन गरेपछि दैनिक कार्यसम्पादनमा समस्या र अन्योलता उत्पन्न भएको थियो ।

वोर्डमा आएको उत्पन्न परिस्थितिको सामान्यीकरण गर्दै दैनिक कार्य सञ्चालन गर्न बोर्डको ऐन, २०५३ मा भएको प्रावधानअनुसार बोर्डको कार्यकारी समितिको बैठकले कार्य सम्पादन उपसमिति गठन गरी आ जिम्मेवारी दिएको जानकारी दिएको हो ।

पाँच सदस्यीय गठित उपसमितिले कार्यकारी समितिले सुम्पेअनुसारको अधिकार तथा कार्यविधि बमोजिम कार्य सम्पादन गर्ने छ । उपसमिति संयोजक राजेन्द्र सापकोटाले अबका दिनदेखि बोर्डबाट दैनिकरूपमा सम्पादन हुने कार्यहरू सुचारू भई सेवाग्राहीको सन्तुष्टि र बोर्डको प्रतिष्ठालाई दिनानुदिन उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बोर्डले सुसासनका आधारभूत सिद्धान्तलाई व्यवहारमा उर्तार्दै नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया