Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– गाडी बोकेर काठमाडौं भित्र्याउने एक मात्र जीवित धनबहादुर गोलेलाई सम्मान गरिएको छ । नेपाल अटोमोबाइल्स स्पोर्टस् एसोसिएसनले नेपालमा पहिलोपटक गाडी बोकेर ल्याउने गोलेलाई सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ अन्र्तगतको एफआईए एसिया क्षेत्रीय खेलकुद कांग्रेसमा भाग लिन आएकी चर्चित हलिउड अभिनेत्री मिचेल योहले खादा ओढाएर गोलेलाई सम्मान गर्नुभएको थियो । सम्मानसँगै गोलेलाई ११ हजार १ सय ११ रुपैयाँ दिइएको थियो ।

८७ वर्षीय गोलेले चन्द्रागिरी हुँदै काठमाडौंमा पहिलोपटक गाडी भित्र्याउनुभएको थियो । चित्लाङ– १ भण्डारखर्कका गोलेले विसं २००५ देखि २०११ सालसम्म गाडी बोक्ने पेशा अपनाउनुभएको थियो ।

यसैगरी कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सुरक्षा अवार्डले सम्मान गरिएको थियो । उहाँलाई पनि एघार हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरिएको थियो । तर उहाँले आफूले पाएको नगद सहयोगस्वरुप गोलेलाई दिने बताउनुभयो ।

कार्यक्रममा नेपालकी पहिलो महिला चालकलाई पनि सम्मान गरिएको थियो । मिचेल ग्लोबल सडक सुरक्षाका लागि एफआइएकी सद्भावना दूत हुनुहुन्छ । एफआइएले संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गर्छ ।

तपाईको प्रतिक्रिया