Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– बुधबार धादिङमा बस दुर्घटनामा परी निधन भएका र घाइते भएका आफ्ना नागरिकलाई भारत सरकारले वायु सेनाको विशेष विमानमार्फत शुक्रबार स्वदेश लगेको छ ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा बिहान ११ः३० बजे नेपाल आएको सो विमान अपराह्न ३ः२५ बजे फकिर्कको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङस्थित त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा परी १७ जनाको भारतीय तीर्थालुको निधन भएको थियो । दुर्घटनामा परी १३ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस बुधबार मोटरसाइकललाई ठाउँ दिन खोज्दा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । पशुपतिनाथको दर्शन गरेर भारतको गोरखपुरका लागि छुटेको सो बसमा ४५ तीर्थालु सवार थिए ।

तपाईको प्रतिक्रिया