Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– संविधानसभाको बैठक एक साताका लागि पुनः स्थगित भएको छ । संविधानका अन्र्तवस्तुहरुमा सहमति खोज्न भन्दै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले विवादित विषयमा सहमति खोज्न ७ दिनको समय दिंदै बिहिबार बोलाइएको संविधानसभाको बैठक स्थगित गर्नुभएको हो ।

पछिल्लो समय प्रमुख दलहरुबीचको संवाद सकारात्मक हुँदै गएको बताइएको छ । प्रमुख तीन दलबीच सकारात्मक संवाद सुरु भएकाबेला सभाध्यक्षले पनि सहमतिका लागि वैशाख १७ गतेसम्मका लागि समय दिनुभएको हो । प्रश्नावली समितिको प्रतिवेदन निर्णायार्थ संविधानसभामा पेस गर्ने कार्यक्रम रोक्दै सभाध्यक्ष नेम्वाङले थप समय दिनुभयो ।

संविधानसभा अध्यक्ष नेम्वाङ दलहरुको पछिल्लो संवादबाट आफू उत्साहित भएको भन्दै एक साताको समय दिइएको बैठक पछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

संविधानसभाको बिहीबारको बैठकमा नेम्वाङले वैशाख १७ गते दिउँसो ३ बजेसम्म सहमति वा प्रक्रियाको टुंगोमा पुग्न ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया