Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

सोलुखुम्बु– सगरमाथा आरोहणका लागि ४२ समूहका ३५८ आरोही आधार शिविरमा पुगेका छन् । मौसमको अनुकूलता हेरेर आगामी जेठ १ को आसपासमा सगरमाथा आरोहणका लागि ती आरोही आधार शिविरमा पुगिसकेको पर्यटन विभागले जानकारी दिएको छ ।

आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार आधार शिविरमा पुगेका आरोहीमध्ये १२८ ले अघिल्लो वर्ष आरोहण रद्द गरेका हुन् भने यस वर्ष अनुमति लिएका २३० जना छन् ।

अघिल्लो वर्ष आरोहण अनुमति लिएका ३२६ मध्ये हिमपहिरोका कारण ३२५ जनाले आरोहण रद्द गरेका थिए । उनीहरुले लिएको अनुमति पाँच वर्षका लागि मान्य हुने सरकारले निर्णय गरिसकेको छ ।

यस्तै यस वर्ष ल्होत्से हिमाल आरोहणका लागि १२ समूहका ११८ र नुप्त्से हिमाल आरोहणका लागि चार समूहका ३४ आरोही पनि आधार शिविरमा पुगेका छन् । तीनै वटा हिमालको आधार शिविर एउटै रहेकाले अहिले सगरमाथा आधार शिविरमा ५१० आरोही, उनीहरुका आरोहण सहयोगी, भान्छा सहयोगी, भरिया, सम्पर्क अधिकृतलगायत गरी करिब एक हजार ५०० मानिस रहेको पनि सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

सगरमाथा आरोहणका लागि सन् २०१० मा २८ समूहका २३७ , २०११ मा २६ समूहका २५१, २०१२ मा ३३ समूहका ३४१, २०१३ मा ३० समूहका ३४८ र २०१४ मा ३२ समूहका ३२६ जनाले आरोहण अनुमति लिएका थिए ।

अहिले आरोही सगरमाथाको दोस्रो शिविरसम्म पुग्न थालेका छन् । अघिल्लो हप्ता मौसम खराबी र हिमपातका कारण आधार शिविरमा बढेको अन्योल मौसम सफा भएसँगै हटेको छ । अहिले आरोही दोस्रो शिविरसम्म पुग्ने र फर्कने गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया