Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

१८५ जना स्वाइन फ्लु सङ्क्रमित भएको पुष्टि

चितवन– चितवनमा थप १९ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअुनसार जिल्लाबाट नमुना पठाइएकामध्ये थप १९ जनामा स्वाइन फ्लु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यसअघि वैशाख ६ गतेसम्ममा १६६ जनामा स्वाइन फ्लु भएकामा नयाँ प्रतिवेदनअनुसार १९ जनामा सङ्क्रमण पुष्टि भएपछि स्वाइन फ्लु लाग्नेको सङ्ख्या बढेर १८५ पुगेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक (किट नियन्त्रण निरीक्षक) रामकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै १८ जनाको नमुना सङ्कलन गरेर केन्द्रमा पठाएकाले त्यसको प्रतिवेदन आउन बाँकी छ । अहिले थपिएकामा १८ जना चितवनका र एकजना उदयपुर घर भएका बिरामी छन् ।

चितवनमा पहिलो चरणको परीक्षणमा शङ्कास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परीक्षणका लागि पठाइन्छ ।

तपाईको प्रतिक्रिया