Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जनकपुरधाम- पत्रकार उमा सिंहको हत्या भएको आठ वर्षपछि सो हत्याको मुख्य योजनाकार रहेको स्वामीजी भनिने उमेश यादवलाई जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले यादवलाई हत्याको दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।

तराई एकता परिषद् नामक सशस्त्र सङ्गठन निर्माण गरेका यादवले सिंहको २०६५ साल पुस २७ गते आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

जनकपुर उप महानगरपालिकाको रजौलस्थित घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सिंहको हत्यापछि उमेश फरार भएर विभिन्न स्थानमा लुक्दै आएका थिए ।

तपाईको प्रतिक्रिया