Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- व्यवस्थापिका–संसद महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिले जाजरकोटमा फैलिएको मौसमी रूघाखोकी (फ्लु) को महामारी अन्य जिल्लामा समेत फैलिँदै गएको सन्दर्भमा जतिसक्दो चाँडो प्रभावकारी नियन्त्रणका लागि सरकारलाई निर्देशन दिएको छ ।

समितिले तीन हप्तादेखि फैलिएकोको महामारीबाट थप मृत्यु हुन नदिन रोगीहरूको स्वास्थ्यकर्मीसँग पहुँच सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

महामारी प्रभावित क्षेत्रमा नियन्त्रणको लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसरफाइ, पोषणलगायतको अभियान सञ्चालन गर्न र अध्ययन अनुसन्धान गरी भविष्यको लागि योजना बनाउन पनि समितिले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया