Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

इलाम- अपरिचित महिलालाई ‘विवाह गर्छु’ भन्दै भारतको सिक्किम लगेर बिक्री गरेको आरोपमा पक्राउ परेका एक युवकलाई ९ वर्ष थुन्न अदालतले आदेश दिएको छ ।

थुनामा रहेका सुलुबुङ–१ का २८ वर्षीय वीरेन देउसालीलाई पुनरावेदन अदालत इलामले मङ्गलबार नौ वर्ष कैद र पीडितलाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलासले वीरेनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया