Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

‘विवाह, व्रतबन्ध पनि नगर्नू’

जाजरकोट- जिल्ला प्रशासन कार्यालय जाजरकोटले विभिन्न ठाउँमा भइरहेका सबैखालका कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ ।

स्वाइन फ्लु र सिजिनल फ्लुका कारण बिरामीको सङ्ख्या बढ्नुका साथै नयाँ ठाउँमा रोग सरेपछि स्थानीय प्रशासनले जिल्लाका सबै सरकारी कार्यालय, सङ्घ संस्थालाई पत्राचार गरी तत्काल सबैखालका कार्यक्रम बन्द गर्न अनुरोध गरेको हो ।

त्यस्तै स्थानीय सञ्चारमाध्यममार्फत सूचना प्रसारण गरी जिल्लाका ३० वटा गाविसमा रहेका स्थानीय बासिन्दालाई बैठक, विवाह, व्रतबन्ध स्थिति सामान्य नहुन्जेलसम्मका लागि नगर्न अनुरोध गरिएको छ ।

यहाँका सबै विद्यालयका पठनपाठनसमेत बन्द गर्न आग्रह गरिएको छ । स्थानीयलाई माक्स लगाएर मात्र आवतजावत गर्न समेत अनुरोध गरिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । पसलमा, काम गर्ने ठाउँ, पानी पधेँरालगायतका ठाउँमा समेत जम्मा नहुन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया