Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तीन महिनाभित्र गराउन परमादेश दिएकोमा अनेरास्ववियु र नेविसंघले स्वागत गरेका छन् ।

अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्ल र नेविसंघ प्रवक्ता यूपी लामिछानेले स्वागत गरेका हुन् । उनीहरुले सर्वोच्चको फैसलाले विद्यार्थीको भावना प्रतिविम्बित गरेको बताए ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई आदेश दिएको थियो ।

राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (छैटौँ)का महासचिव विमलप्रसाद पोखरेलले गत असार ३२ गते सरकार र त्रिवि कार्यकारी परिषद्लाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको थियो ।

यसअघि अदालतले तत्कालीन स्ववियु पदाधिकारीलाई कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया