Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

कैलाली– कैलालीको मसुरियाका दुई जना सात महिनादेखि साउदी अरबको जेलमा कष्टकर जीवन बिताइरहेका छन् ।

मसुरिया–२ महोलियाका ३५ वर्षीय दानबहादुर ऐर र २५ वर्षीय धनबहादुर विक साउदी अरबको एउटा जेलमा कष्टकर जीवन बिताइरहेका छन् । एजेन्ट र म्यानपावरको प्रलोभनमा परी उनीहरु विसं २०७० साल फागुनमा वैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।

होटलमा वेटरको काम लगाइदिने भन्दै डडेल्धुराका जगदीश धामीले उनीहरुलाई ललितपुर पाटनढोका नजिकै रहेको यस इम्प्लोइमेन्टले साउदीमा इलेक्ट्रोनिक लेवरको काममा पठाएको थियो ।

“एउटा काम लगाइदिने भन्दै अर्को काममा पठाइदियो” – ऐरकी श्रीमती दुर्गादेवी ऐरले भनिन् – “हाम्रा पतिको यस्तो अवस्था भयो ।” एजेन्ट धामीले सँगै गएका आफ्ना भाइहरुलाई सोही होेटलमा पठाएको र आफ्ना पतिलाई अर्को ठाउँमा पठाएको ऐरले बताइन् ।

साउदीका लागि रु एक लाख ७५ हजार ऋण गरेर विदेशमा पठाए पनि श्रीमान्को जेलमा यस्तो दुःख सुन्दा धेरै दुःख लागेको विककी श्रीमती सरस्वती विकले बताइन् । साउदी जानका लागि नेपाल सरकारले रु ७० हजार तोकेको छ । आफ्ना श्रीमान् साउदीको कुन जेलमा छन् भन्नेबारे उनीहरु अनभिज्ञ रहेका छन् ।

वैदेशिक रोजगारीमा साउदी गएका ऐर र विकले लेवरको काम गरे पनि तीन महिनासम्म काम गरेको मालिकले ज्याला दिएनन् । आफ्नो ज्याला दिलाइदिन सो म्यानपावर कम्पनीमा खबर गर्दा उक्त म्यानपावरले आन्दोलन गर्न सुझाव दिएको र आन्दोलन गर्दा साउदी प्रहरीले उनीहरुलाई जेल हालेको सरस्वती विकले बताइन् । मासिक एक हजार तलब पाउने भनी गएकामा तीन महिनासम्म ३०० र त्यसपछि ६०० मात्रै दिएपछि उनीहरु असन्तुष्ट भएका पारिवारिक स्रोतले बताएका छन् ।

उनका अनुसार ऐर र विक कात्तिकदेखि जेलमा रहेका छन् । म्यानपावरले छिट्टै नै उनीहरुलाई घर फर्काउने वातावरण मिलाउने आश्वासन दिए पनि अझै कुनै पहल नगरेको उनीहरुको दुःखेसो रहेको छ ।

तपाईको प्रतिक्रिया