Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जाजरकोट– जाजरकोटमा महामारीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबार मात्र रामीडाँडा गाविस वडा नं ७ का ६१ वर्षीय लालवीर नेपालीको मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार योसहित स्वाइन फ्लु र मौसमी रुघाखोकीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको हो ।

रामीडाँडामा अहिले बिरामीको सङ्ख्या बढेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम, विवाह, व्रतबन्ध र अन्य कार्यक्रम स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया