Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पोखरा- पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ । यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले यो योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार साहीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लामो दूरीमा चल्ने अहिले ७०० भन्दा बढी गाडी रहेकामा ३०० वटालाई डिलक्स बस बनाइएको छ । समितिले तीन वर्षअघि पहिलोपटक २९ वटा डिलक्स बस सञ्चालन गरेको र अब क्रमशः पुराना गाडी विस्थापित गरी नयाँ सञ्चालनमा ल्याउने क्रम बढेको अध्यक्ष शाहीले बताउनुभयो ।

लामो दूरीअन्तर्गत पोखरा–महेन्द्रनगर र पोखरा–काँकडभिट्टासम्म बस सञ्चालनमा रहेका र समितिले १५ वर्षभन्दा अगाडिका सबै बस विस्थापित गरिसकेको छ । समितिले पहिलो चरणमा बुधबारदेखि रात्रि सेवामा डिलक्स बस सञ्चालन गर्ने भएको छ ।

रात्रि बसमा पहिलोपटक वाइफाइ, एसी सेवासहित पर्यटकस्तरको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको र एउटा बसमा ६० लाख रुपैया भन्दा बढी लगानी हुने बताइएको छ । २० वटा डिलक्स बस सञ्चालनमा ल्याउँदा करिब रु १२ करोड लगानी थप हुनेछ ।

तपाईको प्रतिक्रिया