Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मानवीयता बुझ्दै सशस्त्र

काठमाडौं– सशस्त्र प्रहरी बलमा श्रीमान श्रीमतीनै सेवारत भएमा सम्भव भएसम्म एउटै कार्यालय वा नजिकको अर्को कार्यालयमा दरबन्दी कायम गरिदिने व्यवस्था गरेको छ ।

पारिवारिक तथा सामाजिक बेमेल आउने खतरा राख्दै सशस्त्रले केही सुधारका काम अघि बढाएको छ । सशस्त्रले जवान तहलाई सम्भव भएसम्म उसले खोजेको घरपायक क्षेत्रमा सरुवा गर्ने व्यवस्था पनि मिलाएको छ ।

सशस्त्र प्रहरी बलले अवकास नजिक रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा गरिदिँदा उनीहरुको मनोवल उच्च रहने विश्वास लिएको डीएसपी अजय छतकुलीले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बलले सेवा अवधि दुईवर्ष भन्दा कम रहेका सिनियर अधिकृतसहितका आफ्ना राष्ट्रसेवकहरुलाई घर व्यवहार मिलाउन सजिलो होस् भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ ।

बलले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देखि तल्लो तहसम्मका आफ्ना सवै राष्ट्रसेवकलाई उसको सेवा समाप्तीको पछिल्लो समयमा संभव भएसम्म चाहेको घरपायक जिल्लामा सरुवा गरिदिने नयाँ व्यवस्था गरेको हो ।

बलले अनिवार्य अवकाश हुन लागेकाहरुलाई चाहेको जिल्ला वा क्षेत्रमा सरुवा मिलाउदा सेवाकालमा ड्युटीको शिलशीलामा लामो अवधिसम्म घर बाहिर रहेका राष्ट्रसेवकहरुले घर व्यवहार मिलाउन सजिलो हुने विश्वास लिएको छ ।

सशस्त्र प्रहरी बलले आफ्नो कल्याणकारी कार्य अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुविधा पुर्‍याउने अभिप्रायले यो नयाँ व्यवस्था गरेको हो । पेशागत जीवनमा झण्डै तीन दशक लामो अवधि विताउँदा सशस्त्र प्रहरी कर्मचारीहरु घर परिवारबाट टाढा रही आफ्नो जिम्मेवारी निर्वाहमा समर्पित रहेका हुन्छन् ।

उनीहरुका विभिन्न पक्षसँगै घरायसी समस्यालाई समेत नजिकबाट नियाल्दै घरपायक सरुवा भई कामकाज गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । सरुवाको समयमा बलको प्रधान कार्यालयले अवकास नजिकका सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नै सकृयतामा सम्पर्क गरी सरुवाको अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

आगामी २०७३ सालसम्म सशस्त्र प्रहरी उपरीक्षक (एसपी), सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक गरी ३७ जना तथा सो भन्दा तल्लो तहका केही राष्ट्रसेवकहरुले स–सम्मान अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।

तपाईको प्रतिक्रिया