Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– गत चैत मसान्तसम्म ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् ।

विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन सुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएका छन् । जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरुबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिज्ञबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनुभयो ।

एमआरपी लिन सुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ । विभागका महानिर्देशक थापा भने पहिला पासपोर्ट भर्ने र लिने समय निश्चित दिन तोकिएकाले भीड भए पनि अहिले जुनसुकै बेला राहदानी दिने व्यवस्था मिलाएकाले भीडमा कमी आएको बताउनुभयो ।

थापा भन्नुहुन्छ, ‘कसैको छुटेको वा बाहिरबाट आएको पासपोर्टलाई सेवाग्राहीलाई वितरण गर्न पहिले निश्चित दिन तोकिए पनि अहिले जुनबेला पनि दिने व्यवस्था मिलाइएकाले कमी आएको हो ।’ उहाँले सरकारले १२ घन्टे सेवा दिएसँगै एमआरपी लिनेको भीडमा कम हुने गरेको बताउनुभयो ।

पहिले फर्म र तस्बिर नमिलेको व्यक्तिले एक हप्तापछि मात्र आफ्नो फर्म र तस्बिर नमिलेको थाहा पाउने गरे तापनि अहिले नमिलेका फर्मलाई तत्काल एसएमएस गरेरसमेत सेवाग्राहीलाई थाहा दिँदा सजिलो भएको उहाँ बताउनुहुन्छ ।

विभागले पहिले निश्चित समयसम्म फर्म बुझाउने समय तोके पनि अहिले जुनसुकै समयमा फर्म बुझाउने व्यवस्था मिलाएकाले भीड कम भएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया