Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मुस्ताङ– जिल्ला निर्वाचन कार्यालय मुस्ताङले लक्ष्यभन्दा दोब्बर फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । चैत १ गतेदेखि एकमहिनासम्म जिल्लाका १६ वटै गाउँ विकास समितिमा सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक एवम् संकलन अभियानमा ५८८ नयाँ मतदाता थपिएको हो ।

अभियान सुरु गर्दा २५० नयाँ मतदाताको नामावली संकलन गर्ने लक्ष्य बनाइए पनि प्रभावकारी अनुमगनका कारण उक्त संख्यामा मतदाता नामावली संकलन गर्न सफल भएको जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रीले जानकारी दिनुभयो ।

“कार्यालयबाट स्थलगत अनुगमन र स्थानीयस्तरमा गाउँ मुखिया नै परिचालन गरेपछि हामी लक्ष्यभन्दा बढी मतदाताको नामावली संकलन गर्न सफल भयौँ,” निर्वाचन अधिकारी खत्रीले भन्नुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार, जोमसोममा ४३, मार्फामा ५४, कागबेनीमा ४१, छुसाङमा ३४, घमीमा २१, चराङमा २६ र लोमान्थाङमा ४६ जनाको नामावली संकलन गरिएको छ ।

त्यस्तै, छोन्हुपमा २२, छोसेरमा १२, सुर्खाङमा २४, मुक्तिनाथमा ४६, कुञ्जोमा ३९, लेतेमा ३६, कोबाङमा ५२, टुकुचेमा ३१ र झोङ गाविसमा २४ जना मतदाताको नामावली संकलन भएको छ ।

संकलित मतदाता नामावलीमध्ये ५५२ जिल्लावासी र ३६ जना बाहिरी जिल्लाको रहेको बताइएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात हजार ९९३ मतदाताले फोटोसहितको नामावली संकलन गर्न लगाएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया