Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– स्वास्थ्य संस्थाहरुमा निशुल्क बाँडिने औषधीमा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा मारेको छ । स्वास्थ्य संस्थामा निशुल्क बाडिने औषधीको अभाव भएको तर केन्द्रिय स्तरबाट पर्याप्त औषधी बाडिएको भन्ने सूचना सार्वजनिक भएपछि अख्तियारले अनुगमन थालेको हो ।

अख्तियारले मन्त्रालय अन्र्तगतको आपूर्ति महाशाखा, औषधी व्यवस्था विभाग लगायतमा छापा मारेको छ । त्यसैगरी क्षेत्रिय औषधी भण्डार केन्द्र तथा स्वास्थ्य निर्देशनालय र केही जिल्ला कार्यालयहरुमा पनि छापा मारेको अख्तियार स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया