Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

चितवन– जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि खुला चौरमा शौच गर्न बाध्य चितवनको विकट लोथर गाविसका चेपाङहरुले अहिले भने शौचालय प्रयोग गर्न पाएका छन् । यस्तै गाउँका टोलटोलमा खानेपानीको सुविधा पनि उपलब्ध भएको छ । खानेपानी र शौचालय प्रयोग गर्न पाएपछि कान्द्राङगढीका चेपाङ खुसी भएका छन् ।

खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष मानबहादुर प्रजाले पोषण, खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत घर–घरमा पानी आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले काममा निकै सहज भएको र घर, गाउँ, केटाकेटी सफा राख्नसमेत सहयोग पुगेको बताउनुभयो ।

पानी अभावमा चेपाङहरुको स्वास्थ्य स्थिति नाजुक देखिएपछि आयोजनाअन्तर्गत रु ३० लाख ५० हजारको लगानीमा तीन वटा वडाका ४३ घरधुरीलाई खानेपानीको व्यवस्था गरिएको छ । प्रत्येक घरमा शौचालय निर्माणका लागि आवश्यक भौतिक सामग्री प्रदान गरिएकोे छ ।

शुद्ध खानेपानीका लागि पुजवुङमा पानी सङ्कलन ट्याङ्की निर्माण गरी २६ वटा धारामार्फत घर–घरमा पानी पुर्याइएको छ । आयोजना सम्पन्न गर्न स्थानीयस्तरमै उपभोक्ताको समिति निर्माण गरिएको थियोे । खानेपानी संरक्षणका लागिसमेत समितिले नै काम गर्नेछ ।

यो योजनाबाट चेपाङ समुदायका २८६ जनसंख्या प्रत्यक्ष लाभाविन्त भएका छन् । खानेपानी र शौचालयजस्ता भौतिक निर्माणका कामसँगै स्वयम्सेवक, सेविकाहरु परिचालन गरी स्वस्थ्य कसरी रहने र सरसफाइ कसरी गर्ने भन्ने विषयमा तालिमसमेत दिइएको लोथर गाविस सचिव कुलप्रसाद आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया