Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न सहमति भएको छ ।

विभिन्न विद्यार्थी संगठनले एक सातादेखि संयुक्त आन्दोलन गरेपछि निजी विद्यालय शुल्क घटाउन सहमत भएको हो । शिक्षा मन्त्रालयमा झण्डै ६ घण्टा लामो भएको सरोकार पक्षसहितको वार्तामा तत्कालका लागि शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति भएको हो ।

सहमतिका लागि शब्द शब्दमा विवाद हुँदा वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको थियो । यो सहमतिसँगै आजदेखि विद्यार्थी संगठनले निजी विद्यालय बन्द गराउने घोषित कार्यक्रम फिर्ता भएको छ । निजी विद्यालयले ११ देखि ४२ प्रतिशतसम्म शुल्कवृद्धि गरेको पाइएको थियो ।

edu sahamati

तपाईको प्रतिक्रिया