Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बैतडी- बैतडीको उदयदेव गाविस- ४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा मृत्यु भएको छ ।

आइतबार साँझ स्थानीय मोहन सिंह साउदको सात वर्षीय छोरा शिवराज साउदको चितुवाले आक्रमणमा मृत्यु भएको हो ।

गाउँमा खेलेर घर फर्किरहेका शिवराजलाई चितुवाले बाटोमा आक्रमण गरेको थियो । चितुवाको आक्रमणमा परेका बालकको शव चार घन्टापछि आफन्तले नजिकैको जङ्गलमा फेला पारेका थिए ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट १८ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया