Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा निधन भएको छ ।

स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनु भएको थियो । चर्चित एसओएस म्यानपावरका सञ्चालक समेत रहनुभएका आज राति १ बजेर २० मिनेटमा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

बटाजु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुन आँउदा नै गम्भीर अवस्थामा आउनुभएको र उहाँलाई स्वाइन फ्लुको संक्रमणले कडा निमोनिया भएको र मल्टिपल अर्गान फेलियरका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजु ६८ बर्षका हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया